ललितपुर– कृषि विभागको विश्व खाद्य दिवस समितिले विभिन्न कार्यक्रमको आयोजना गरी ३९ औँ विश्व खाद्य दिवस मनाएको छ । ‘हाम्रो पहल स्वास्थ आहार, भोकमुक्त संसार’ भन्ने मूल नारासाथ आज हरिहरभवनदेखि जावलाखेलसम्म प्रभातफेरी गरेको थियो ।
कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाललेस्वस्थ जमीन र स्वस्थ उत्पादनमा मुलुकले ध्यान दिनुपर्नेमा जोड दिए । उनले नेपालमा खाद्यसुरक्षा प्रत्याभूतिका लागि पहिलो चरणमा अन्न खेर फ्याँक्ने प्रवृत्तिमा रोक गर्नुपर्नेमा जोड दिए । मुलुकले खाद्य सुरक्षाका लागि तयार गरेको एकीकृत मोडलको योजनालाई कार्यान्वयनमा ल्याउँदा धेरै समस्याको समाधान हुने उनको भनाइ थियो ।





