कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु

कञ्चनपुर– जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १स्थित सिद्धवैजनाथ सामुदायिक वनमा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ।

सिद्धवैजनाथ गणेशपुरका ६५ वर्षीय बलदेव बोहोराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनसिंह साउदले बताए।

मृतक बोहोरा उक्त वनको बाटो भएर हिड्दै गर्दा हात्तीको बथानले आक्रमण गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

ताजा समाचार

सम्बन्धित समाचार