Wednesday, October 23, 2024

मेलम्चीका लागि थप ८ अर्बको बजेट माग

आगामी आर्थिक वर्षका लागी मलेम्ची खानेपानी आयोेजनाले ८ अर्बको बजेट माग गर्ने तयारी गरीरहेको छ । आर्थिक वर्ष २०७५/७६ का लागि आयोजनाले करिब ८ अर्बको बजेट बनाउन लागेको आयोजनाका सुचना अधिकारी राजेन्द्र प्रसाद पन्तले जानकारी दिए ।

‘हामीले ८ अर्बको बजेट प्रस्ताव गर्ने तयारी गरेका छौँ’, उनले भने, ‘सुरुङ निर्माणको फिनिसिङ, पानी प्रसोधन र अन्य मार्गका नाममा बजेट बनाउने काम भइरहेको छ ।’ मेलम्चीको साढे २६ किलोमिटर सुरुङ मार्गमा ३ दशमलब ६ किलोमिटर क्षेत्रमा प्लाष्टर गर्ने काम सकिएको उनले जानकारी दिए ।

हालसम्म आयोजना निर्माणका लागि २४ अर्ब २२ करोड खर्च भएकोे छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ । १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढेको आयोजनाले जनाएको छ । सन् २०१४ मा लागत संशोधन गरी २३ अर्ब ४५ करोड पु¥याइएको आयोजना सुरु भएदेखि अहिलेसम्म २३ अर्ब ६७ करोड खर्च भइसकेको खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ । ।

उता मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने तथा पाइप विछ्याउने काममा एकपछि अर्काे अवरोध देखिएपछि दशैंअघि पानी आउने सम्भावना भने न्यून हुँदै गएको छ । सुरुङ छिचोल्ने कार्य ३ साता अगाडी सकिएको थियो । कामदारको हड्ताल, सिमेन्ट लगायत निर्माण सामग्रीको अभाव र अन्य स्रोत साधन परिचालनमा केही समस्या देखिने गरेको छ । मेलम्चीको खानेपानी सुन्दरीजलमा पानी प्रशोधन केन्द्र तयार भएको छ । राजधानीवासीलाई पर्याप्त खानेपानी उपलब्ध गराउन मेलम्ची खानेपानी आयोजना २ दशकदेखी निर्माण आरम्भ गरिएको हो ।

सुन्दरीजल–सिन्धु खण्ड साढे ९ किलोमिटर, सिन्धु–ग्यालथुम ८ किलोमिटर, र ग्यालथुम–अम्बाथान ९ किलोमिटर गरी जम्मा साढे २६ किलोमिटर सुरुङमार्ग रहेको छ । यसले दैनिक साढे ८ करोड लिटर पानी खपत गराउने क्षमता बोकेको छ । ‘१७ करोड लिटर क्षमताको मेलम्चीमा अब सिन्धुपाल्चोकको यांग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसिएपछि ५१ करोड लिटर पानीको क्षमता हुनेछ , उनले भने, ‘३४ करोड लिटर क्षमता ती दुई खोलाको छ । ’

आउने दशैँसम्ममा सक्ने योजना बनाएपनि यसअघि मेलम्ची आयोजनाले २०७४ असोजभित्र निर्माण सम्पन्न गरिसक्ने भनिएको थियो । ०५६ को सरकारले एसियाली विकास बैंकको आर्थिक सहयोगमा सुरु गरेको थियो । तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईदेखी अहिलेका प्रधानमन्त्री केपी ओलीसम्म आइपुग्दा मेलम्चीले आशा देखाएपनि पाइप विच्छाउने र सुरुङमार्र्गलाई अन्तिम रुप दिने क्रममा अवरोध आउँदा कतै अझै पर धकेलिने होकी भन्ने देखीएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार