मध्यपुरथिमि र दधिकोट जोड्नेवैकल्पिक सडक निर्माण

भक्तपुर– मध्यपुरथिमि अस्पतालबाट खरिबोट हुँदै सूर्यविनायक नगरपालिका–५ दधिकोट गाम्चा जाने वैकल्पिक सडक निर्माण भएको छ ।

मध्यपुरथिमि नगरपालिका र दधिकोट जोड्ने हनुमन्ते खोलामा पुल निर्माण भएसँगै शुरु गरिएको उक्त सडकमा कालोपत्र गरिएको थियो ।

सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको पहलमा निर्माण भएको उक्त सडकको उनीसहितको टोलीले अनुगमनसमेत गरेको थियो ।

सङ्घीय सरकारको एक करोड र उपत्यका विकास प्राधिकरणको ५७ लाख गरी कूल रु एक करोड ५७ लाखको लागतमा उक्त सडक निर्माण गरिएको हो ।

सडकको दायाँबायाँ फुटपाथसहितको ११ मिटर चौडाइ तथा करीब ४०० मिटर लम्बाइ रहेको उक्त सडक निर्माणसँगै अब मध्यपुरथिमि शङ्खधरचोकबाट दधिकोट जान सहज भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार