यस्तो रहनेछ आगामी तीन दिनको मौसम

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मौसमी प्रणाली नरहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली र बाँकि भूभागमा सामान्यतया सफा रहेको छ ।

त्यस्तै आज (मंगलबार) दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अपरान्ह पछि पहाडी भुभागका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यया सफा रहनेछ ।

बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अपरान्ह पछि पहाडी भूभागका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यया सफा रहनेछ ।

त्यसैगरी बिहिबार दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक बदली रही अपरान्ह पछि मध्य र पश्चिमी पहाडी भूभागका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यया सफा रहनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार