Sunday, September 22, 2024

यस्ता छन् नेपाल, चीन सहमतिका मुख्य बुँदा

काठमाडौँ– नेपाल र चीनका बीच रेल, सुरुङ मार्ग निर्माण, व्यापार, वाणिज्य लगायत विभिन्न क्षेत्रमा साझेदारी र सहकार्य बढाउने सम्बन्धी २० बुँदे सहमति, समझदारी र सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सि जिनपिङले नेतृत्व गरेको दुईपक्षिय डेलिगेसन तहको वार्तापछि दुबै नेताको उपस्थितीमा विभिन्न  सहमति सम्झौतामा हस्ताक्षर भएको हो ।

निकै चर्चामा रहेको काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्वन्धी सहमति भएको छ । रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन भईसकेको छ । सो अध्ययनले प्राविधिक रुपमा रेलमार्ग निर्माण कार्य निकै जटिल भएपनि असम्भव भने नरहेको उल्लेख गरेको छ ।

विस्तृत अध्ययन सम्पन्न भएपछि विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम अगाडि बढ्ने छ । नेपालमा रहँदा सिले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँङग्रेसका सभापति शेरवहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

सहमतिका मुख्य बुँदा

  • सीमा व्यवस्थापन सम्वन्धी सहमति
  • सगरमाथा संरक्षण सम्वन्धी सहकार्य
  • दुवै देशका योजना आयोगहरूबीचकाे सहकार्य सम्वन्धी सम्झौता
  • चेङदुमा कन्सुलर स्थापना सम्वन्धी सम्झौता
  • रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन सम्वन्धी समझदारी पत्र
  • विभिन्न शहरहरूबीच भगिनी सम्वन्धी स्थापना सहमति
  • परम्परागत औषधी र  आयुर्वेद औषधी सम्वन्धी सहमति
  • दुई देशका महान्यायधिवक्ताको कार्यालय बीचको साझेदारी
  • सीमा सुरक्षा सम्वन्धी सहमति
  • पारस्परिक कानूनी सहायता सम्वन्धी सम्झौता
  • विपद् व्यवस्थापन सम्वन्धी आपतकालिन उद्धार सम्वन्धी सम्झौता
  • त्रिभुवन विश्व विद्यालयमा कन्फयुसियस केन्द्र स्थापना सम्वन्धी सहमति
  • द्विपक्षीय लगानी सहकार्य गर्न संयन्त्र बनाउने सहमति
  • सुरुङ मार्ग निर्माण सम्वन्धी सहमति

ताजा समाचार

सम्बन्धित समाचार