भारतबाट भन्सार छली गरी भित्र्याइएको चिनी नियन्त्रणमा

निजगढ- भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको करीब एक लाख ५० हजार बराबरको चिनी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको १७ क्विन्टल चिनी कलैया उपमहानगरपालिका–६ बाट बरामद गरेको हो ।

भारतसँग खुला सिमाना भएका कारण पनि तस्करहरुले खुला सिमानाको प्रयोग गरी भन्सार छलीका अवैध सामान आयात तथा निर्यात गर्ने गरेका छन् । प्रहरीले बोरा सिलाउने मेसिन एक थान र विभिन्न चिनी उत्पादक कम्पनीको नाम उल्लेखित २०० थान खाली बोरासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कलैया उपमहानगरपालिका–६ बस्ने कलैया उपमहानगरपालिका २५ का दिनेश तिवारी र रमेश तिवारीले सो परिमाणको चिनी भन्सार छली नेपालमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेकोे जानकारी दिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार