जापानमा आँधी : ९ जनाको मृत्यु, १५ बेपत्ता

जापान– जापानमा आएको आँधीमा परी ९ जनाको मृत्यु भएको छ। ६० वर्षयताकै ठूलो आँधीमा परेर १५ जना बेपत्ता छन् । भिषण वर्षापछि आएको बाढी र पहिरोले देशका अधिकांस स्थानको जनजीवन प्रभावित बनाएको छ।

राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधीले वर्षा र पहिरो निम्त्याइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। बीबीसीका अनुसार आँधीको गति २२५ किलोमिटर प्रतिघण्टा छ।  आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको छ।

सरकारले ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनेको छ। रेल सेवा अवरुद्ध भएको छ भने हवाई सेवा समेत प्रभावित बनेको छ। जापानको मौसम विभागले राजधानी टोकियोमा आइतबार आधा मिटर सम्म वर्षा हुन सक्ने चेतावनी दिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार