Sunday, September 22, 2024

औसत भन्दा १९ दिन ढिलो गरी बाहिरियो मनसुन

काठमाडौँ– यस वर्षको मनसुन औसत भन्दा १९ दिन ढिलो गरी शनिवार बाहिरिएको छ । औसतमा नेपालमा मनसुन १० जुनमा प्रवेश गरेर २३ सेप्टेम्बरमा बाहिरिने गर्दछ ।

यस वर्ष १० दिन ढिलो गरी २० मा मनसुनको आगमन भएको थियो । औसतमा पूर्वी नेपालमा १० जुनमा र काठमाडौँमा १२ जुनमा मनसुनको आगमन हुने गर्दछ । यसकै आधारमा यस वर्ष नेपालमा मनसुन ११५ दिनसम्म रह्यो । उपलब्ध तथ्यांक अनुसार नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबै भन्दा छोटो र सन् २००८ को १३० दिनको मनसुन सबै भन्दा लामो मनसुन रहेको छ ।

मनसुन आगमन सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबै भन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मको सबैभन्दा ढिला भएको थियो भने मनसुन बहिर्गमन सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ र सबैभन्दा ढिला सन् २०१३ अक्टुबर १९ मा रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार