जापानको शक्तिशाली आँधीका कारण जनजीवन अस्तव्यस्त

जापान– जापानमा साठी वर्ष यताकै भीषण वर्षा र टोरनाडो शैलीको शक्तिशाली आँधीका कारण  अधिकांश हिस्सा अस्तव्यस्त भएको छ ।

उक्त आँधी राजधानी टोकियोको दक्षिण–पश्चिमको इजु प्रायद्वीपको मुख्य भूमिमा स्थानीय समय अनुसार बेलुका ७ बजे शुरु भएको थियो । सो आँधी २२५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा देशको पूर्वी तटिय क्षेत्रतर्फ बढिरहेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार टोकियोको पूर्वको चिवामा एक व्यक्तिको मृत्यु भएको छ भने ६० भन्दा धेरै घाइते भएका छन् । ७० लाख भन्दा धेरै मानिसहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको थियो । तर ५० लाखले मात्रै आफ्नो घर छोडेका बताइएको छ ।

एक हजार विमानको उडान प्रभावित भएका छन् भने टोकियो शहरका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ ।

जपानको मौसम विभागले राजधानी टोक्यिोमा शनिबार र आइतबारको बिचमा आधा मिटरसम्म वर्षा हुने चेतावनी दिएको छ । भारी वर्षाका कारण बाढी र पहिरोको आंशका गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार