Sunday, September 22, 2024

चिनियाँ राष्ट्रपतिले भने, ‘सगरमाथा र हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर छौ’

काठमाडौँ- चिनियाँ राष्ट्रपति सि जिनपिङको जारी राजकीय भ्रमणमा जलवायु परिवर्तनको विषयले पनि उच्च प्राथमिकता पाएको छ ।

विश्व तापमा बृद्धिले नेपालको हिमालय क्षेत्रमा परेको असरका सम्वन्धमा नेपालले लामो समयदेखि विभिन्न द्धिपक्षिय र वहुपक्षिय वैठककमा उठाउँदै आएको विषयमा आफू जानकारी भएको चिनियाँ राष्ट्रपति सिले बताएका छन् ।

सिको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजलाई सम्वोधन गदै उनले भने, ‘जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चीनले राम्रोसँग वुझेको छ । जलवायु परिवर्तन सम्वन्धी वार्ताहरुमा नेपाली पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौ ।’ उनले अगाडी भने, ‘हामी विशेषगरी सगरमाथा र हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहने छौ ।’

सम्बधोनमा उनले हिमालय सिमापार रेलको सम्भाव्यतालाई अगाडि बढाउने घोषणा समेत गरेका छन् । सो घोषणालाई निकै महत्वका साथ हेरिएको छ । पूर्व सम्भाव्यता अध्ययनले जटिल भुगोलका कारण रेलमार्ग निर्माण कठिन भएको निष्कर्ष निकालेपछि सो रेलमार्गको विषयमा अन्योलता थियो ।

अब सि को घोषणासँगै यो एक कदम अगाडी बढेको छ । सोही रात्री भोजलाई सम्वोधन गदै राष्ट्रपति भण्डारीले नेपाली जनताले केरुङ–काठमाडौं हुँदै लुम्बीनीसँग रेलमार्ग जोडिएको नेपाली जनताले हेर्न चाहेको बताएकी थिइन् । साथै, सुरुङ मार्गको निर्माण गर्ने घोषणा समेत चिनियाँ राष्ट्रपतिले गरेका छन् ।

सम्बोधनका क्रममा राष्ट्रपति सीले चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको बताएका छन् । उनले भने, “नेपाल अब भूपरिबेष्ठित मुलुकबाट भूजडित मुलुक हुनेछ ।” उनले रसुवागढी-छहरे-काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नती गर्ने पनि बताए ।

ताजा समाचार

सम्बन्धित समाचार