खप्तडमा भालुको आक्रमण बढ्न थाल्यो

बझाङ– जिल्लाको खप्तड छान्ना गाउँपालिकामा भालु गाउँमै आइ स्थानीयबासीलाई दुःख दिन थालेको छ ।

खप्तड छान्ना गाउँपालिका वडा नं ३ मेल्तडीमा खप्तड राष्ट्रिय निकुञ्जबाट भालु आउने गरेको बताइएको छ । खप्तड छान्ना गाउँपालिकासँगै जोडिएको खप्तड राष्ट्रिय निकुञ्जबाट भालु मेल्तडी गाउँमा देखापर्न थालेको छ ।

मेल्तडी गाउँको कोटतला भन्ने स्थानमा भालुको आक्रमणबाट मङ्गलबार स्थानीय सुर्जनबहादुर रावलको गोठमा रहेका एक हल गोरुलगायत चार वटा पशु चौपायालाई आक्रमण गरेको छ । अहिलेसम्म चार वटा चौपायालाई भालुले आक्रमण गरेकोे जनाइएको छ ।

यसरी भालुले गाउँभित्र आएर गोठमा बाँधेका गोरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार