चिनियाँ राष्ट्रपति सीको भ्रमणका लागि काठमाडौँका सडक स्तरोन्नति तिव्र

काठमाडौँ– चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ ।

भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भइरहेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँको कुनै पनि सडकमा खाल्डाखुल्डी बाँकी नराख्न दिएको निर्देशनका आधारमा काम भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्री महासेठले मंगलबार राजधानीका विभिन्न स्थानका सडकको अनुगमन गर्दै सडक सुधारका लागि निर्देशन दिएका थिए ।

आठ मिटरभन्दा बढी चौडाइका सडक मन्त्रालयअन्तर्गतका निकायले सुधारको काम गरिरहेको बताइएको छ । त्योभन्दा कम चौडाइमा काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले काम गरिरहेका छन् ।

मन्त्रालयले हेर्ने सडक निर्माण सडक विभाग र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण गरिरहेका छन् । माइतीघरदेखि तीनकुनै सडकमा पर्ने बिजुलीबजार र तीनकुने पुल सम्पन्न भइसकेका छैनन् । यी दुई पुलमा भने सरकारले फोटो टाँसेको देख्न सकिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार