काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले पूर्वी र मध्य भूभागमा आंशिक देखी सामान्य बदली भई पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशको पश्चिमी पहाडी भूभाग आंशिक देखि सामान्य बदली र मध्य तथा पुर्वी पहाडमा आंशिक बदली र तराईका भूभागमा सामान्यतया सफा रहेको छ।
त्यस्तै शुक्रबार दिउँसो देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भूभागमाआंशिक बदली रहनेछ। राती देशको पहाडी भूभागमा आंशिक बदली रहि एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भूभागमा आंशिक बदली रहनेछ।
शनिबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रहि पहाडका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भूभागमा आंशिक बदली रहनेछ। राती देशको पहाडी भुभागमा आंसिक बदलि रहने र तराईका भुभागमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।





