Sunday, September 22, 2024

चिनियाँ राष्ट्रपति आउने भएपछि धमाधम सडक सुधार

काठमाडौँ–चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने मिति नजिकिदै जाँदा काठमाडौँ उपत्यकामा सडक सुधारको काम धमाधम अगाडि बढाइएको छ।

पछिल्लो केही दिनएता मात्र एयरपोर्ट–तीनकुने–बानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर, शीतल निवास, माइतीघर–भद्रकाली बाइपास, गौशालाक सडक मर्मत सम्भार गरेर कालोपत्रे गरिएको छ।

त्यसैगरी, केशरमहल–दरबारमार्ग तीनधारा, रत्नपार्क–भद्रकाली–सुन्धारा, नक्साल भगवती–नागपोखरी–जयनेपाल–हात्तीसार–सिंहदरबार सडक पनि स्तरोन्नति र रङरोगन हुँदै छ। सडक विभागले सडक मर्मतको काम रातिको समयमा समेत गरिरहेको छ।

विशिष्ठ पाहुना आउँदा मात्र सडक सुधार हुने भन्दै बेलाबेला सरकारको आलोचना हुने गर्छ। हुन् पनि पाहुना आउँदा सडकलाई चिरिच्याट्ट पार्ने प्रचलन नेपालमा नौलो होइन। सार्क शिखर सम्मेलन, विमिस्टेक सम्मेलनदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पटक–पटकको भ्रमणका क्रममा काठमाडौँमा सडक टालिएको थियो भने पेटी र रेलिङहरू रंगिइएको थियो ।

तर सडक विभागले पछिल्लो दिनमा भइरहेको सडक मर्मत र चिनियाँ राष्ट्रपति सीको भम्रण केवल संयोग भएकोे दाबी गरेको छ। सडक विभागका प्रवक्त शिवहरि सापकोटाले विभागको नियमित मर्मत अन्र्तगत काम भइरहेको जिकिर गरे।
मनसुनअघि र चाडपर्वको बेलामा विभागले हरेक वर्ष सडक मर्मत र स्तरोन्नति गर्दै आएकाले यस पटक पनि सोही कार्यलाई निरन्तरता दिइएको उनले बताए।

दिनको समयमा सडकका बढी सवारीको चाप रहने र ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले रातिको समयमा काम गरिएको उनको भनाइ छ।  मुख्य सडकमा पटकपटक खाल्टाखुल्टी पर्नुको कारण पाइपहरूको व्यवस्थापन राम्रो नभएकाले उनी बताउँछन्। त्यही कारणले वर्खाको समयमा सडकमा खोला बग्ने गरेको उनको भनाइ छ। पानी कालोपत्रेका लामो समय रहदा आफै उपक्ने र खाल्टा पर्ने गरेको उनले जनाए। ‘ढल र पाइपको मर्मत गनुप¥यो भन्दा सम्बधित निकाय वास्था गर्दैनन्,’ उनले भने ।

मेलम्ची खानेपानी आयोजनाले काठमाडौँका पाइप बिच्छाउने काम र सडक मुनी भएका खानेपानीका पाइपहरू उचित व्यवस्थापन नगरेसम्म सडकको समस्या कम नहुँने उनी बताउँछन् ।
सरकारले आर्थिक वर्ष २०७६-७७ मा सडक, रेल तथा जल यातायातको पूर्वाधार विकासको लागि १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजन गरेको छ । जसमध्ये ८ अर्ब सडक मर्मत र स्तरोन्तीको लागि सडक विभागले पाएको छ । तर प्रवक्ता सापकोटा विनियोजन भएको रकम कम भएको बताउँछन् ।

उनका अनुसार सडकको खाल्टाखुल्टी पटकपटक टाल्नु पर्ने भएकाले रकमको अभाव हुने गरेको हो । ‘एउटै सडक वर्षमा १० पटक सम्म मर्मत गर्नु पर्ने हुन्छ,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार