बँदेलको आक्रमणबाट कञ्चनपुरमा चार जना घाइते

कञ्चनपुर- जङ्गली बँदेलको आक्रमणमा परेर शुक्रबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका छन् ।

धानबाली खान दिउँसै खेतमा छिरेका बँदेललाई कुकुरले लखेटेर मार्न थालेपछि बचाउन गएका प्रमानन्द बुढा क्षेत्री, सुदर्शन ठगुन्ना, धीरेन्द्रबहादुर खत्री र अमृता बोहरा घाइते भएका हुन् ।

घाइते चार जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको बताइएको छ । मरेका बँदेललाई सरोकारवालाको रोहवरमा कागजात तयार गरी खाल्डोमा हालेर पुरिएको छ ।

भित्र्याउनै लागेको धानबाली बँदेललगायतका जङ्गली जनावरले खान थालेपछि स्थानीय किसानले सास्ती खेप्न बाध्य भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार