काठमाडौँ– आकर्षक रातो पाण्डाले सरोकारवाला, स्थानीय, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था, सरकार र अन्य सरोकारवालाको ध्यानाकर्षण गरेको छ । तर पनि यि हिमालय स्तनधारीले ठूलो चुनौती सामना गर्दै आएका छन्। तल्लो तहदेखि नीति निर्माण तहसम्म समन्वय गरी नेपालमा रेड पाण्डाको संरक्षणका चुनौतिहरूको सम्बोधन गर्न आवश्यक छ।
आइलुरीडे परिवारलाई सामान्यतः मोनोटाइपिक परिवारको रूपमा लिइन्छ (रेड पाण्डा एकल अस्तित्वमा रहेका प्रजातिको रूपमा) । केही अध्ययनले हिमालयन रेड पाण्डा (आईलुरस फुलजेन्स फुलजेन) र चिनियाँ रेड पाण्डा (आईलुरस फुलजेन्स स्टायानी) लाई दुई फरक प्रजाती मान्छन् । तर, आइयूसियनले यी दुवैलाई लोपोन्मुखको रातो सूचीमा राखेको छ।
प्रमुख बासस्थान
रेड पाण्डा शीतोष्ण वनमा २ हजार ५ सयदेखि ४ हजार ८ सयसम्मको उचाइमा पाँचवटा एशियाली राष्ट्र चीन, नेपाल, भुटान, म्यानमार र भारतमा पाइन्छ । कूल पूर्वानुमान गरिएको बासस्थान २० हजार १ सय ५० वर्ग किलोमिटर (कुल १७.४२ प्रतिशत) छ।
त्यसमा चीन पहिलो र नेपाल दोस्रो स्थानमा छन् । नेपालमा हिमाली क्षेत्रका १० सुरक्षित स्थान रेकर्ड गरिएको छ । राष्ट्रिय रेड पाण्डा सर्वेक्षण २०१६ का अनुसार नेपालका २३ जिल्लामा रेड पाण्डा पाइन्छ । उक्त अध्ययनले रेड पाण्डा पहिला भएका जिल्ला कास्की, मनाङ र गोरखाबाट अहिले हराएको देखाएको छ । मनाङमा रेड पाण्डा लोप हुनुको मुख्य कारण आहारको कमी मानिएको छ।
प्राकृतिक खतराहरू बाहेक, एन्थ्रोपोजेनिक प्रभावहरूले रेड पाण्डाको सङ्ख्यालाई असर गर्छ किनभने नेपालमा ७० प्रतिशत रेड पाण्डाको बासस्थान सुरक्षित क्षेत्र बाहिर छ । असुरक्षित बसोबास र शिकार रेड पाण्डाको संरक्षणको लागि सबैभन्दा ठूलो एन्थ्रोपोजेनिक चुनौती हो।
घाँस, दाउरा र विकास निर्माणका कामको प्रभाव उनीहरूको बासस्थानमा परेको छ। घाँस, बाल्नको लागि दाउरा जङ्लबाट बढी संकलन गरिने गरेको छ जुन रेड पाण्डाको बासस्थान हो। सन् २०१५ र २०१७ मा मनाङको भ्रमणका क्रममा गाई भैँसीहरूका लागि बाँस धेरै संकलन गरेको पाइएको थियो। पूर्वी नेपालमा पनि यही प्रचलन छ।
त्रि–चन्द्र कलेजकी छात्रा दीपा राईले इलाममा गरेको अध्ययनले संरक्षणको हस्तक्षेप पश्चिमी नेपालको तुलनामा बढी प्रभावकारी रहेको देखायो । बाँसको मालिङ्गो प्रजाती जसलाई रेड पाण्डाको प्रमुख आहार मानिन्छ । असुरक्षित विकासका योजना र कार्यान्वयनमा वातावरणीय चिन्ताको अभावका कारण संरक्षित क्षेत्रहरूमा पनि रेड पाण्डाको बस्ती खतरामा परेको छ।
गौरीशङ्कर संरक्षण क्षेत्रको सडक निर्माण स्थलमा बुलडोजरसँगै देखिएको रेड पाण्डाको घटनाले संरचनात्मक विस्तारका कारण खतरा बढेको उदाहरण दिन्छ। सडकको प्रभाव तिनीहरूको बासस्थानमा मात्रै सीमित छैन, पारिस्थितिकीय प्रणालीमा पनि यसले नकारात्मक प्रभाव पारिरहेको छ । स्तनधारी प्राणीहरू लजालु हुन्छन्, उनीहरूको बासस्थानबाट हुँदै जाने राजमार्गहरूले संभोग र प्रजननमा पनि नकारात्मक असर पार्छ।
यसका साथै यी लोपोन्मुख स्तनधारी प्राणीको चोरी शिकारीका घटनाहरू उल्लेखनीय मात्रामा वृद्धि भएको आशङ्का गरिएको छ किनभने हामीसँग अधिकांश संरक्षित क्षेत्रहरूमा प्रभावकारी निगरानी संयन्त्रको अभाव छ।
शिकारका घटनाहरू पछिल्लो समय वृद्धि भइरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार सन् २००८ देखि २०१९ सम्ममा एक सय २ वटा रेड पाण्डा लुकाइएको पाइएको छ । त्यस्तै एक सय ७२ जना अवैध व्यापारमा संलग्न रहेकाले पक्राउ परेका थिए। बासस्थानको अभाव र शिकारबाहेक, परजीवीहरूको आदानप्रदान पनि यी प्रजातिका लागि खतरा हुन सक्छ।
स्तनधारी प्राणीहरूको अस्तित्व सुनिश्चित गर्न यी चुनौतिहरूलाई सम्बोधन गर्न आवश्यक छ । विभिन्न सरोकारवालाले यस आवश्यकतालाई पहिले नै महसुस गरिसकेका छन् र केही कार्यहरू तल्लो स्तरबाटै शुरु पनि भएका छन् । पूर्वी नेपालका पहाडी जिल्लाहरूमा समुदायमा आधारित संरक्षणको अभ्यास गरिएको छ र रेड पाण्डा नेटवर्कले वैकल्पिक जीविका प्रदान गर्न यी क्षेत्रहरूमा नियमित रूपमा इको टुर्सको आयोजना गरिन्छ। यसबाहेक, रेड पाण्डामा केन्द्रित वातावरणीय संरक्षण सम्बन्धी स्कूल स्तरको पाठ्यक्रम पूर्वी नेपालको इलाम, ताप्लेजुङ्ग र पाँचथर जिल्लामा समावेश गरिएको छ । इलाम जिल्लाको सन्दकपुर नगरपालिका रेड पाण्डा प्रजनन केन्द्रका रूपमा स्थापित छ।
संरक्षणका प्रयास
संरक्षण कार्यहरूका कारण रेड पाण्डाको संख्या कर्णालीको जुम्ला जिल्ला र गौरीशङ्कर संरक्षण क्षेत्र लगायत देशका केही स्थानमा वृद्धि भएको पाइएको छ। रेड पाण्डाको कूल संख्या देशका धेरै भागबाट उपलब्ध नभएकाले यी निष्कर्षहरूलाई सावधानीका साथ स्वीकार्नु पर्दछ। रेड पाण्डाको संख्या वुद्धिको दाबी अवलोकनका आधारमा गरिएको हो । यसका साथै संरक्षणका लागि पहलको पनि अपेक्षा गरिएको छ।
स्थान विशेष हस्तक्ष्ोपहरू उपयोगी छन् तर रेड पाण्डाको लोप हुने खतरा सम्बोधन गर्न पर्यप्त छैनन्। किनभने धेरै जसो हस्तक्षेपहरू तल–माथि एप्रोजमा छन् र मुख्य रूपमा बाह्य प्रोडिङ्द्वारा शुरू गरिएका छन्। प्रभावकारी जैविक विविधता संरक्षण केवल बट्म–अप एप्रोच र सहभागितामूलक निर्णय प्रक्रियाबाट मात्र सम्भव छ। स्थानीय जीविकोपार्जनलाई जोड दिएर इको टुरिजम वा अन्य विधिमार्फत रेड पाण्डाहरूको संरक्षणका लागि पहल अत्यन्त महत्तवपूर्ण छ।
दि काठमाडौं पोष्टमा प्रकाशित समाचारको भाव अनुवाद





