सिवाकोटीलाई थ्रेट आएपछि सरकारले मिलायो सुरक्षा व्यवस्था

काठमाडौँ –पूर्व सभामुख तथा नेकपा नेता कृष्णबहादुर महराको यौन दुर्व्यवहार प्रकरणको समाचार प्रकाशित गरेको हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीमाथि गम्भीर सुरक्षा चुनौति देखिएपछि सरकारले सुरक्षा व्यवस्था मिलाएको छ।

समाचार सार्वजनिक भएकै दिनदेखि सम्पादक शिवाकोटीलाई पछ्याउने र निगरानी गर्दै केही समूहले अस्वाभाविक गतिविधि बढाएको अनुभूति गरेको भन्दै हाम्राकुराले समाचार प्रकाशित गरेको थियो। यसका साथै हाम्राकुरालाई ठीक लगाउनु पर्छ भन्ने केही समूह आपराधिक नियतका साथ सक्रिय भएको पनि उक्त समाचारमा उल्लेख छ।

उक्त समाचार प्रकाशित भएपछि नेपाल प्रेस युनियनले समाचार लेखेकै आधारमा हाम्राकुरा डटकम अनलाइनका प्रधान सम्पादक शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न प्रहरी प्रशासन तथा सरकारसँग माग गरेको थियो।

समाचार लेखेकै आधारमा कुनैपनि पत्रकार वा सञ्चार माध्यमलाई थर्काउने, धम्काउने जस्ता अपराधिक क्रियाकलाप गर्न नहुने भन्दै विभिन्न राजनीतिकज्ञ, पत्रकार तथा सरोकारवालाले पत्रकार सिवाकोटीको सुरक्षा प्रत्याभूतिको माग गरेपछि सरकारले सुरक्षा व्यवस्था मिलाएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार