भारत– महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा भारतलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भारतलाई खुला दिसामुक्त राष्ट्रको रुपामा घोषणा गरेका हुन्।
भारत सरकारको खानेपानी तथा सरसफाई मन्त्रालयको स्वच्छ भारत अभियानको आधिकारिक वेवसाइटका अनुसार २ अक्टोवर २०१४ बाट २०१९ सम्म १० करोड ७ लाख ५१ हजार तीन सय १२ शौचालय निर्माण भएका छन्। यसको आधारमा भारतलाई १०० प्रतिशत ‘ओडीएफ’ घोषणा गरिएको हो।
सरकारी वेवसाइटका अनुसार सन् २०१८ को फेब्रुअरीमा सिक्किम, केरेला, मेघालय, हिमाचल प्रदेश लगायत भारतको ११ राज्यलाई खुला दिसामुक्त घोषणा गरिएको थियो।





