भारतको पटनामा दश हजार बाढी पीडितको उद्धार

विहार– भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन फौजले विहारको पटना क्षेत्रबाट दश हजारभन्दा बढी बाढी पीडितहरूलाई उद्धार गरिएको जनाएको छ ।

विहार प्रदेशको राजधानी पटना क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको बताइएको छ । उद्धार गरिएकाहरूलाई थप खाद्य पदार्थसहित अत्यावश्यक सामग्रीहरूको अभाव भएको छ ।

विगत केहीदिनदेखि यस क्षेत्रमा वर्षा भएको र बाढीबाट हजारौँ प्रभावित भएको समाचार आइरहेको थियो । पानीको तह पूरै हटेको छैन। उद्धार गरिएकाहरूलाई डुङ्गाबाट उद्धार गरिएको हो ।

भारतको विहारसहित केही प्रदेशहरूमा विगत केहीदिनदेखि आएको अत्यधिक वर्षाका कारण केहीको मृत्यु भएको छ भने हजारौँ विस्थापित र लाखौँ प्रभावित भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार