सालकको खपटासहित एक पक्राउ

काठमाडौँ– सालकको खपटा १ थानसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट सालकको खपटा १ थान सहित भक्तपुर सूर्यबिनायक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-१ घर भएका ३४ वर्षीय बिन्दु बहादुर खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ प्रहरी प्रधान कार्यलयले जनाएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनलाई जाँच गर्दा झोलामा लुकाइ छिपाइ राखेको सालकको खपटा फेला पारेको हो ।

खड्कालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको उक्त वृत्तले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार