चितुवाको छालासहित एकजना पक्राउ

दाङ– चितुवाको छालासहित प्रहरीले तुलसीपुर उपमहानगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।

तुलसीपुर–घोराही सडक खण्डमा पर्ने तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ विद्युत कार्यालय नजिकबाट सोमबार बेलुका ६ बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ।

रुकुम (पूर्व) पुथा उत्तरगंगा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का १९ वर्षीय भीमप्रसाद विकलाई प्रहरीले पक्राउ गरेको हो। फेला परेको चितुवाको छालाको लम्बाइ ७ फिट ६ इञ्च रहेको बताइएको छ।

पक्राउ परेका विकलाई आवश्यक कानुनी कारबाहीको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अन्तर्गत जिल्ला वन कार्याय दाङमा पठाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार