Friday, October 18, 2024

बिहारको पटना डुबानमा पर्नुका यस्ता छन् पाँच कारण

बिहार– बिहारको राजधानी पटना अविरल वर्षाका कारण जलमग्न भएको छ । अहिले वर्षा कम भएको भएतापनि शहरको एक ठूलो हिस्सामा पानी जमेको छ भने मानिसहरूको जनजीवन अस्तव्यस्त बन्दै गएको छ ।

उपग्रहबाट कैद गरिएको तस्वीरमा पटनाको ९० प्रतिशत हिस्सा जलमग्न छ ।

प्राय मानिसको घरको भुई तलामा पानी जमेको छ र उनीहरू बाहिर निसक्नको लागि प्रयास गरिरहेका छन् । तर अधिकांश मानिसहरू आफ्नो घरमा फसेका छन् । उनीहरूसँग पिउनको लागि पानी र खानाहरूको संकट हुँदै गएको छ ।

अहिले वर्षात रोकिएको छ । केही उच्च इलाकामा पानी सुक्दै गइरहेको छ । तर अझै पनि राजेन्द्र नगर, कदमकुआ, पटना सिटी, कंकडबाग र इन्द्रपसुरी–शिवपुरीमा लाखौं मानिसहरू पानीमा फसेका छन् । उक्त इलाकाबाट पानी हट्नको लागि एक हप्ता लाग्ने अनुमान गरिएको छ ।

तर चार दिनको वर्षाले पटना कसरी डुब्यो भन्ने प्रश्न खडा भएको छ । मानिसहरू यस वर्षको बाढीको तुलना सन् १९६७ को प्रलयकारी बाढीसँग गरिरहेका छन् । तर त्यो समयमा नदीको बहाव बढेको र बाँध भत्किएको थियो ।

तर यस पटक बाँध भत्किएको पनि छैन न नदीमा पानीको बहाव बढेको छ । ७२ घण्टाको अन्तरालमा करिब ३०० मिमी वर्षात भएको थियो । र यति मै पटना शहर डुब्यो ।

उक्त राज्यको मुख्यमन्त्रीले जलवायू परिर्वतनका कारण प्राकृतिक प्रकोप बढेको दाबी गरिरहेका छन् तर यो मात्रै एक कारण हैन् ।

पहिलो कारण यस शहरको ढल निकास व्यवस्था पुरै फेल भएको छ । यसको जिम्मेबार पटना नगर निगम र सरकारी निकाय दुबै हो । यी दुई बिच कुनै समन्वय छैन ।

दोस्रो कारण जुन नदीमा वर्षाको पानी पठाइएको थियो त्यो नदीहरू पहिले जोखिमको चिह्नभन्दा माथि बगिरहेका थिए।पानीको चाप यत्ति बढेको छ कि सबै ढल निकास बन्द भइसकेको छ। त्यसैले पानी कतै जान सकेन ।

अब पटनामा बाढीको खतरा पनि बढ्न थालेको छ। गंगा को पानी स्तर गत हप्ता देखि स्थिर थियो। तर अब यो बढ्न थालेको छ।

तेस्रो कारण उद्धार कार्यको लागि अपर्याप्त व्यवस्था हो। किनकि पहिले कुनै तयारी थिएन। सम्पूर्ण प्रणाली खडेरीसँग सामना गर्ने योजनामा संलग्न थियो। यसपटक बाढी पछि ३३ बटा डुङ्गा मात्र राहत र उद्धारमा खटिइएको थियो ।

चौथा र सबै भन्दा महत्वपूर्ण कारण यो हो कि भारतको मौसम विभाग वर्षाको आकलन गर्न पूरा विफल रहयो । र पाचौं कारण हो जलवायू परिर्वतन ।

तर पछिल्लो दिनमा बिहार सरकारले ५७८ एचपी मेसिनको प्रयोग गरि पानी निकाली रहेको छ । साथै सोमबारबाट हेलिकप्टर पनि राहत र उद्धारमा खटिएका छन् । बीबीसी हिन्दीबाट

ताजा समाचार

सम्बन्धित समाचार