सिरुटार–बालकोट सडक बन्द

काठमाडौँ– वर्षाको समयमा शुरु गरेको सडक विस्तार र ढल निर्माण कार्यले सूर्यविनायक नगरपालिकाको–१ स्थित सिरुटार–बालकोट सडक बन्द भएको छ । सडक बन्द हुँदा सिरुटारतर्फ जाने यातायातका साधनहरु बालकोटमै रोकिएका छन् ।

दशैँ अगाडि नै यातायातका साधन सञ्चालन गर्नसक्ने गरी काम गर्ने भनेर शुरु गरेको भए पनि ठेकेदारले काममा ढिलाइ गर्दा समस्या आएको छ । सडक सुचारु हुन नसक्दा सिरुटारका बासिन्दाले हिलोमा हिँड्नु परेको छ भने निजी सवारी साधनले समेत अन्य साना र विकट बाटोहरु खोज्नुपर्ने भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार