साढे दुई महिनामा डेंगुबाट १० हजार बढी संक्रमित

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुबाट ६ जनाको मृत्यु भएको र ६७ जिल्लाका १० हजार ९ सय ९३ जना संक्रमित भएको जनाएको छ।

गत साउन १ गतदेखि असोज १३ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै महाशाखाले काठमाडौँमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १–१ जना गरी ६ जनाको ज्यान गएको जनाएको हो।

असोज १३ गतेसम्मको तथ्यांक अनुसार प्रदेश १ मा १ हजार ७३ जना, प्रदेश २ मा १ सय ७४ जना, प्रदेश ३ मा ५ हजार ७ सय १५ जना, गण्डकी प्रदेशमा २ हजार ८ सय ३३ जना, प्रदेश ५ मा १ हजार ४४ जना, कर्णाली प्रदेशमा ५३ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १ जना गरी मुलुकभर १० हजार ९ सय ९३ जना संक्रमित भएका हुन्।

कुन प्रदेशमा कति?
प्रदेश १ को झापामा ४ सय २१ जना, मोरङमा ८१ जना, सुनसरीमा ३ सय ८२ जना, भोजपुरमा ७ जान, उदयपुरमा १ सय १२ जना, धनकुटामा १३ जना, इलाममा ९ जना, तेह्रभथुममा ४ जना, ओखलढुंगामा ६ जना, ताप्लेजुंगमा ३ जना, संखुवासभामा ४ जना, पाँचथरमा ३१ जना गरी एक हजार सय ७३ जना डेंगुबाट प्रभावित भएका छन्।

त्यस्तै प्रदेश २ को सप्तरीमा १३ जना, सिरहा ९ जना, धनुषामा ७ जना, महोत्तरीमा ५ जना, सर्लाहीमा २१ जना, बारामा ५३ जना, पर्सामा ४३ जना, रौतहटमा २३ जान गरी १ सय ७४ जनामा डेंगको संक्रमण देखिएको छ।

महाशाखाको तथ्यांक अनुसार चितवनमा सबै भन्दा बढी मानिसमा संक्रमण देखिएको छ । चितवनमा २ हजार ४ सय १६ जना डेंगुबाट प्रभावित छन्।

त्यस्तै काभ्रेपलाञ्चोकमा २९ जना , ललितपुरमा ३ सय ९८ जना, भक्तपुरमा ३ सय ४२ जना, काठमाडौँमा १ हजार ५ सय १५ धादिङमा १ सय ७ जना, मकवानपुुरमा ८ सय १२ जना, नुवाकोटमा ३६ जना, रसुवामा २ जना, सिन्धुलीमाा १६ जना, रामेछापमा १४ जना, सिन्धुपाल्चोकमा ११ जना, दोलखामा १३ जनामा डेंगु देखिएको छ।

गण्डकी प्रदेशको गोरखामा ५३ जना, स्याङजामा ७६ जना, कास्कीमा २ हजार १ सय ८३ जना , बाग्लुङमा २५ जना, तनहुँमा १ सय ३७ जना, पर्वतमा ३३ जना, लमजुङमा १८ जना, मनाङमा १ जना, म्याग्दीमा ९ जना, नवलपरासी पूर्वमा २ सय ९८ जना गरी २ हजार ८ सय ३३ जनामा संक्रमण भएको छ।

त्यसैगरी प्रदेश नं ५ को रुपन्देहीमा ६ सय ९३ जना, कपिलवस्तुमा ६२ जना, पाल्पामा ३६ जना, नवलपरासी पश्चिममा ७९ जना, दाङमा ५३ जना, बाँकेमा २७ जना, गुल्मीमा २३ जना, अर्घाखाँचीमा ३२ जना, रोल्पामा ५जना, प्यूठानमा ११ जना, बर्दियामा २० जना गरी १ हजार ४४ संक्रमित भएको महाशाखाले जनाएको छ।

कर्णाली प्रदेशको कालिकोटमा ३ जना, सर्खेतमा ३५ जना, सल्यानमा ६ जना, दैलेखमा ८ जना, रुकुम पश्चिमा १ जना गरी ५३ जना संक्रमित भएका छन्।

सुदूरपश्चिम प्रदेशको डोटीमा ३ जना, बैतडीमा ९जना, बझांगमा १ जना, कैलालीमा ४१ जना, डडेलधेरामा ७ जना, दार्चुलामा १६ जना, अछाममा ६ जना, कञ्चनपुरमा १८ जना गरी १ सय १ जनामा संक्रमण देखिएको महाशाखाको तथ्यांकमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार