श्रीलंकामा सातवटा हात्तीको विषका कारण मृत्यु भएको आशंका

श्रीलंका- श्रीलंकामा गत हप्ता मृत फेला परेका सातवटा जङ्गली हात्तीहरू विषका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। सरकारी अधिकारीहरूले अनुसन्धान पछि सो बताएका हुन्।

हाबारन जङ्गल रिजर्भमा शुक्रवार चारवटा र शनिवार तीनवटा हात्तीका शव फेला परेको बीबीसीले जनाएको छ । अधिकारीहरूका अनुसार ती सबै ढोई थिए। तीमध्ये एउटी गर्भिणी भएको बताइएको छ।

वन्यजन्तु निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरूले उक्त क्षेत्रमा अरू हात्ती मरेको अनुमान गरेका छन्। सथै उनीहरूले खोजि कार्य तिव्र पारेका छन्।

शवको प्रारम्भिक परीक्षण शुरु गरिएको छ। के कारणले ती हात्तीको मृत्यु भएको भन्ने स्पष्ट भएको छैन तर अधिकारीहरूले गाउँलेहरूले अन्नबाली नष्ट गरिदिएको रिसमा विष हालेको हुन सक्ने अनुमान गरेका छन्।

अर्को वन्यजन्तु आरक्षमा सोमबार एक हात्तीको शव फेला परेको थियो। यी दुई घटनाबीच सम्बन्ध भए नभएको स्पष्ट भइसकेको छैन।

श्रीलङ्कामा हात्ती मार्न अवैध भएतापनि ग्रामीण क्षेत्रमा हात्ती र मानिसबीच द्वन्द्व भइरहन्छ। सन् २०११ मा गरिएको हात्ती गणना अनुसार श्रीलङ्कामा हात्तीको सङ्ख्या ५ हजार ८ सय ७९ रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार