शौचालय बिनै खुला दिसामुक्त राष्ट्र घोषणा गरेकोमा डा.भट्टराईको आपत्ति

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले देशभर पर्याप्त निजी र सार्वजनिक शौचालयको व्यवस्था नगरी नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गरेकोमा आपत्ति जनाएका छन् ।

साथै उनले दिसामुक्त राष्ट्र घोषणा गर्दैमा समस्या समाधान नहुने बताए ।

ट्वीट गर्दै उनले लेखेका छन्, देशभर पर्याप्त निजी/सार्वजनिक शौचालयको व्यवस्था नगरी सरकार किन यसरी उत्ताउलिएर जगहँसाइ गरिरहेको होला? घोषणा गर्दैमा समस्या समाधान हुने भए देशलाई गरीबीमुक्त,बेरोजगारमुक्त,रोगमुक्त,भोकमुक्तै भनौं! सबैको नाउँ बदलेर पुरूषको धनबहादुर/धनप्रसाद र महिलाको धनकुमारी/धनमाया राखौं!टन्टै साफ!

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच सोमबार नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् । ५६ लाख ६० हजार २ सय २४ घरधुरीमा शौचालय निर्माण गर्दै नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बन्न सफल भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार