नेपाल ‘खुला दिसामुक्त’ राष्ट्र घोषित

काठमाडौँ– नेपाललाई दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त देश घोषणा गरिएको छ।

काठमाडौँको राष्ट्रिय सभागृहमा सोमबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गरेका हुन्।

प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पु-याउने मानक पूरा गरेपछि खुला दिसामुक्त नेपाल घोषणा गरिएको हो। खुला दिसामुक्त देश घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्र्तराष्ट्रिय प्रतिबद्धतासमेत पूरा भएको छ।

२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो। यो अभियानले शून्य अनुदानमा घरमा चर्पी बनाउने कामलाई कार्यान्वयन गरेको छ। खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाइ अभियानलाई तीव्रता दिने सरकारको योजना छ।

ताजा समाचार

सम्बन्धित समाचार