मेलम्ची आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्ने जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ।

आइतबार मेलम्ची खानेपानी आयोजना र सिनो हाइड्रो कर्पोरसनबीच बाँकी काम गर्ने सम्झौता भएको हो। सम्झौतापत्रमा आयोजनाका तर्फबाट मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्री र कम्पनीका तर्फबाट वाङ हुवाले हस्ताक्षर गरेका छन्।

एक वर्ष भित्रै काम सक्नुपर्ने कम्पनीले असोज २६ गते काम सुरु गर्ने बताएको छ । आयोजनाले सिनोलाई समय आगावै काम सके दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सम्झौता गरेको छ ।

सिनोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ ।

सीएमसी काम अलपत्र छाडेर भागेको आठ महिनापछि सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का चिनियाँ कम्पनी सिनोहाइड्रोलाई दिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार