मनाङ जाँदै गरेको जीप लमजुङकाे पहिरोमा पुरियो

लमजुङ– काठमाडौँबाट लमजुङको बेंसीशहर हुँदै मुस्ताङ जाँदै गरेको जीप पहिरोमा पुरिएको छ।

बेंसीशहर हुँदै मनाङतर्फ जाँदै गरेको बा १६ च ५०६८ नम्बरको जीप मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेमा गएको पहिरोमा पुरिएको हो।

जीपमा ५ जना यात्रुहरु सवार रहेको र मानवीय क्षति नभएको बताइएको छ । पहिरोका कारण मनाङबाट बेंसीशहरतर्फ आउने र बेंसीशहरबाट मनाङतर्फ जाने सवारीसाधनहरु बीच बाटोमै रोकिएका छन्। डिभिजन सडक कार्यालय दमौलीसँगको समन्वयमा सडक खुलाउने तयारी थालेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार