सडक भासिँदा पाटन-पञ्चेश्वर सडक अवरुद्ध

बैतडी– केही दिनदेखिको अविरल वर्षाका कारण सडक भासिँदा पाटन-पञ्चेश्वर सडक अवरुद्ध भएको छ। उक्त सडकखण्डको पाटन नगरपालिका वडा नं ६ लोर्खा सडक भासिएर शनिबार बेलुकादेखि सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको बताइएको छ । सडक पुरै भासिएकाले सडक सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा दशैँका लागि घर फर्किरहेका बैतडीको तल्लोस्वराडका यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । यसका साथै शनिबार बेलुकादेखि सवारीसाधन पनि बीचबाटोमै रोकिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार