काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले जलवायु परिवर्तन लगायत विश्वका संवेदनशील विषयहरूमा वृहत छलफल गर्नका लागि नेपालले सगरमाथा डाइलग आयोजना गर्न लागेको बताएका छन् ।
संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै मन्त्री ज्ञावलीले नेपाल जलवायु परिवर्तनको हटस्पटमा रहेको भन्दै एक तिहाई हिमनदीहरू सुक्न थालेको र पानी पनि सुकन लागेको बताए । कार्वनको एकदमै कम उत्सर्जन गर्ने मुलुकहरू बढी प्रभावित भएको र त्यो न्यायोचित नभएको मन्त्री ज्ञावलीले बताए ।
सरकारले आगामी अप्रिल महिनामा सगरमाथा डाइलग आयोजना गर्ने तयारी गरिरहेको छ ।





