दशचक्के सवारीलाई काठमाडौँ प्रवेशमा रोक

काठमाडौँ– यातायात व्यवस्था विभागले आइतबारदेखि १० चक्के सवारीसाधनलाई काठमाडौँ प्रवेशमा रोक लगाएको छ।

दशैँमा हुने सवारीजाम कम गर्न ठुला सवारीलाई प्रवेश निषेध गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको हो।

त्यस्ता सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने तर अति आवश्यक खाद्यान्न सामाग्री, कपडा, औषधि, तरकारी लगायतका सामाग्रीह बोकेका सवारीलाई भने भित्रिन पाउने छन् ।

ताजा समाचार

सम्बन्धित समाचार