पाकिस्तान भूकम्प: मृत्यु हुनेको संख्या ३८ पुग्यो

इस्लामावाद– पूर्वी पाकिस्तानमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या ३८ पुगेको छ भने सयौँ मानिसहरू घाइते भएका छन्।

मंगलबार पाकिस्तान–प्रशासित कश्मीरको मिरपुरनजिकै ५-८ रेक्टरको भूकम्पको गएको थियो। दिउँसो ३ बजे भूकम्पको पहिलो धक्का महसुस गरिएकोमा ४ बजेर ५० मिनेटमा ठूलो भूकम्प गएको हो।भूकम्पको धक्का भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको थियो।

क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन। उक्त क्षेत्रमा सन् २००५ मा भूकम्प जाँदा हजारौँ मानिसको ज्यान गएको थियो।

पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तानप्रशासित कश्मीरमा पनि मङ्गलवार अपराह्ण भूकम्प महसुस भएको थियो। भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ।

भूकम्पका कारण पाकिस्तानी क्षेत्रमा सडक, मोवाइलका टावरहरू, विद्युतका खम्बाहरूमा क्षति पुगेको छ। भूकम्प प्रभावित क्षेत्रहरूमा पानी, खान, त्रिपाल र औषधीको व्यवस्था गरिएको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार