पूर्व-पश्चिम राजमार्ग मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दो

सिरहा– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ।

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको हो।

दैनिक हजारांै सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन्। असार–साउन महीनाको अविरल वर्षाका कारण मिर्चैयामा भत्केका सडकको झण्डै दुई महीना बिते पनि टालटुलसमेत हुन सकेका छैन।

विशेषगरी पूर्वमा मिर्चैयाको मटिअर्वा चोकदेखि पश्चिममा सल्हेश चोकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ। मिर्चैयाको मटियर्वा चोक, थाना चोक, कटारी चोक र पश्चिम बस पार्क रहेका ठूल–ठूला खाल्डाखुल्डीले पैदल आवतजावत गर्न समेत समस्या भइरहेका छन्।

राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हँुदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्र गरेर दिगो समाधान गर्न तर्फ ध्यान नदिएको स्थानीयवासीको आरोप छ। वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नु परेका छन्। मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाइ भइरहेका छन्। सडकमा जोखिम मोलेर भए पनि चालकले यातायात सञ्चालन गर्ने गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार