फेक रेस्क्यु रोक्ने उपायः पर्यटन विभागलाई जानकारी गराएमा मात्र उद्धार

काठमाडौँ– हिमाल आरोहण र टे«किङका लागि जाने पर्यटकहरू विरामी परेपछि उनीहरूलाई उद्धार गर्ने नाममा ठूलो पैसा असुल्न थालिएपछि त्यसलाई रोक्न पर्यटन विभागले उद्धार गर्नु पूर्व अनिवार्य जानकारी गराउन आग्रह गरेको छ।

विभागले प्रेस विज्ञप्ति जारी गदै ट्रेकिङ एजेन्सी र आरोहण व्यवस्थापनका अन्य निकायलाई पूर्व जानकारी गराएपछि रेस्क्यु गर्न आग्रह गरेको हो। यस प्रावधान गत वर्ष नै लागु गरिएपनि कार्यान्वयन हुन सकेको छैन।

पर्यटक विरामी परेपछि विभिन्न वहानामा उनीहरुबाट ठूलो धनराशी संकलन गर्ने परिपाटीले अन्तर्राष्ट्रिय जगतमा नेपालको इज्जत र प्रतिष्ठामा नै धक्का पुगेको छ।

यसमा विभिन्न टे«किङ कम्पनी र हेलिकप्टर उद्धार कम्पनीहरूको मिलेमतो रहेको छ। सो निर्देशन कार्यान्वयन नगरेमा कारवाही गर्ने पर्यटन विभागले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार