प्रदूषित धुवाका कारण इन्डोनेशियाका १० लाख बालबालिका जोखिममा

इन्डोनेशिया– संयुक्त राष्ट्र संघले इन्डोनेशियाको जङ्गलमा भएको आगलागीका कारण १० लाख बच्चाहरू जोखिममा रहेको चेतावनी दिएको छ।

यूनिसेफका अनुसार इण्डोनेशियामा १० लाख १८ वर्ष मूनीका बालबालिका रहेका छन् भने त्यसको चौथाई ५ वर्ष मूनिका बच्चाहरू छन्।

प्रदूषित हावाका कारण विषेश गरी सानो बच्चाहरूमा जटिल किसिमको रोग देखा पर्न थालेको छ। जन्मिदा बच्चाहरूको तौल औसत भन्दा कम हुने गरेको यूनिसेफले जनाएको छ।

अधिकांश तुवाँलो जङ्गलमा आगो लागेर र पाम तेल तथा खयरको रूखका लागि सीमसार क्षेत्र सफा गर्दा लाग्छ। आगो भूमिगत हुने भएकाले अग्निनियन्त्रकहरूलाई निभाउनको लागि समस्या हुने गरेको छ। यस्ता आगो लगाउने माथी इन्डोनेशिया सरकारले कारवाही गर्दै आएता पनि आगलागीको घटनाहरूमा कामि आएको छैन। साथै इन्डोनेशिया सरकारले वन फडानी तथा रुख रोप्नको लागि सिमसार क्षेत्र खालि गर्नमा प्रतिबन्ध लगाएको छ।

प्रत्यक वर्ष लगाइने यस्ता आगोले तुवाँलो निम्त्याउने गरेको छ। धुवाले दक्षिण पूर्वी एसियाको अधिकांश क्षत्र ढाक्ने गरेको छ। अत्याधिक धुवाका कारण इन्डोनेशियाका स्कूल र विमानस्थलहरू बन्द गरिएको छ । मास्क किन्नेको संख्यामा वृद्धि भएको छ भने श्वासप्रश्वासको विरामीहरू पनि बड्दै गएका छन्। यसबाहेक लाखौँ मानिसहरू हानिकारण हावामा श्वास फेर्न बाध्य छन्।

इन्डोनेशियाको वातावरण मन्त्रालयले आगलागी नियन्त्रणका लागि कडा कानूनको व्यवस्था गरेको जनाएको छ।

हरेक वर्ष आगलागीपछि इन्डोनेशियाको हजारौँ विद्यालयहरू प्रदूषित हावाका कारण बन्द हुने गरेका छन्। धुवाका कारण गत हप्ता छिमेकी मुलुक मलेसियाको विद्यालयहरू पनि बन्द गरिएको थियो।

अमेजन होस वा अस्ट्रेलियाको वन आगलागी जस्ता घटनाहरू श्रीखंलावद्ध रुपमा वृद्धि भएपछि वैज्ञानिकहरूले ग्लोबल वार्मिंगको थप बढेदै जाने चिन्ता व्यक्त गरिरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार