काठमाडौँ– देशका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभरी आंशिकदेखि सामान्य बदली रहि थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्का वर्षा भइरहेको छ।
त्यसैगरी बिहिबार देशभर सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशभरी सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शुक्रबार देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मध्य तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती देशभरी सामान्य बदली रहनेछ। पूर्वका थोरै साथै मध्य तथा पश्चिमका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसका साथै पहाडि भूभागमा पहिरो जान सक्ने हुनाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।





