इस्लामावाद– पूर्वी पाकिस्तानमा मङ्गलबार ५.८ रेक्टर स्केलको भूकम्प ग्एको अमेरिकी भूगर्भ विभागले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु पाकिस्तान प्रशासित काश्मिरी शहर मिरपुरको नजिकै रहेको बताइएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार मिरपूरबाट करिब २२ किलोमिटरमा रहेको ग्रामिण इलाका झेलमबाट उत्तरमा केन्द्रविन्दू भएर भूकम्प गएको हो।
भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएको र ८ जनाको मृत्यु नभएको प्रधानमन्त्रीको कार्यालयले दिएको प्रारम्भिक जानकारीमा उल्लेख छ।
त्यस्तै, भूकम्पका कारण समाचार तयार पार्दासम्म तीनको मृत्यु भएको र करिब ७० जना घाइते भएका गृहमन्त्री साइदुर रेहमान कुरेशीले पाकिस्तानी विपद् व्यवस्थापन प्राधिकरणका एक अधिकारीलाई उद्धृत गरी सञ्चार माध्यमले जनाएका छन्।
एक प्रत्यक्षदर्शीका अनुसार भूकम्पका कारण काश्मिरमा एउटा घर भत्केको छ भने कैयौँ घरमा आंशिक क्षति भएकोे छ। भूकम्पबाट भएको क्षतिबारे थप जानकारी लिने काम भैरहेको उल्लेख पाकिस्तानी अधिकारीले गरेका छन्।
भूकम्पको केन्द्रविन्दु रहेको मिरपुरमा सबैभन्दा बढी घाइते भएका रिपोर्टहरूमा उल्लेख गरिएको छ। उद्धार गरिएका सबै घाइतेलाई स्थानीय अस्पतामा उपचारका लागि पठाइसकिएको छ भने सरकारले उक्त क्षेत्रमा सेनासहितको टोलीलाई उद्धारका लागि पठाएको छ।
भूकम्प र त्यसपछि पराकम्पन आउनसक्ने भयका कारण हजारौँ पाकिस्तानीहरू घर छोडेर खुला आकासमुनि सडक र खाली जमिनमा भेला भएका छन्।
झड्का पाकिस्तानको पञ्जाव तथा ख्यबर पाक्थुङ्ख्याका केही भागमा प्रष्ट महशुस गरिएको छ। यस्तै भूकम्पको झड्का भारती सीमा क्षेत्रका साथै राजधानी दिल्लीमा पनि महशुस गरिएको छ।
भूकम्पका कारण पाकिस्तानी क्षेत्रमा सडक, मोवाइलका टावरहरू, विद्युतका खम्बाहरूलाई क्षति पुगेको बताइएको छ।





