स्वच्छ खानेपानी गण्डकी प्रदेशको मुख्य प्राथमिकता

पोखरा- गण्डकी प्रदेशसभा सदस्य एवम अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले स्वच्छ खानेपानी प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् । उनले खानेपानी योजनाका लागि बजेटको अभाव नहुने बताए ।

पोखरा महानगरपालिका–३२ चैनपुरमा मुहाने खानेपानी उपभोक्ता समूहको १८औँ वार्षिक साधारणमा सभापति कोइरालाले सरकारले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ अभियान सञ्चालन गरेको बताए । सो आयोजनाको मर्मतका लागि प्रदेश सरकारले रु ४८ लाख विनियोजन गरेको उनले जानकारी दिए । विसं २०५७ देखि सञ्चालन भएको सो आयोजनाबाट पाँच सय परिवार लाभान्वित भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार