कैलाली- कैलालीको जानकी गाउँपालिका–९ कटासेमा मंगलबार पानीसँगै परेको चट्याङ लागेर १५ भेडाको मृत्यु भएको छ । पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाको मृत्यु भएको अमरावती प्रहरी चौकीले जानकारी दिएको छ ।
जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा भेडा ओत लागेका थिए । भेडा पालेर जीविका चलाएको चौधरीको परिवार सबै भेडा मरेपछि दुःखित छ ।





