Monday, September 23, 2024

१६ वर्षिया बालिकाले भावुक सम्बोधन गर्दै विश्व नेतालाई भनिन–‘तपाईहरुले मेरो सपना लुटनु भएको छ’

काठमाडौँ– न्यूयोर्कमा सोमबार साँझबाट शुरु भएको जलवायु परिवर्तन सम्वन्धी राष्ट्रसंघिय सम्मेलनमा विश्वका उच्च नेताहरु उपस्थित थिए । जलवायु परिवर्तनको असर कम गर्न विभिन्न कदमहरु चाल्ने प्रतिवद्धता समेत उनीहरुले गरेका छन् ।

तर यतिखेर विश्वका सञ्चार माध्यममा ति नेताको भाषणको त्यति चर्चा छैन्, जति १६ वर्षिया बालिका ग्रेटा थनवर्गको छ । उनले सो सम्मेलनमा गरेको भावुक भाषण यतिवेला संसारभरी नै निकै चर्चामा रहेको छ । गत एक वर्षदेखि जलवायु परिवर्तनको असर कम गर्नका लागि तत्काल केही कदम लिन विश्वकै ध्यानाकर्षण गराउँदै आएकी ग्रेटाले सोमबार साँझ सम्मेलनलाई सम्बोधन गर्दै विश्वका नेतालाई वातावरण जोगाउन तत्काल कदम चाल्न आग्रह गरिन् ।

जलवायु परिवर्तनको लागि प्रत्येक शुक्रबार विद्यालय बहिष्कार सडकमा आवाज उठाउने उनको अभियानले गत शनिबार विश्वव्यापी भएको थियो । शनिबार विश्वभरका लाखौ बालबालिकहरुले सडकमा प्रर्दशन गरे । त्यसको दुई दिनपछि सम्मेलनलाई सम्वोधन गदै उनले भनिन,‘मानिसहरु समस्यामा छन्, जलवायु परिवर्तनको असरका कारण मान्छेको मृत्यु हुँदैछ र समग्र पर्यावरण प्रणाली नै खत्तम हुँदैछ, समग्र जगतको अस्तीत्व लोपको शुरुवात हामी गदैछौ ।’ उनले यसो भनिरहँदा विश्वका नेताहरु निकै भावुक हुँदै उनको भाषण सुनेका थिए ।

उनले जलवायु परिवर्तनको असर कम गर्न नेताहरुले तत्काल कदम नचाल्दा आउने पुस्ता नै असफलता तर्फ जाने भन्दै ध्यानाकर्षण गराइन् । उनले आफु विद्यालय छोडेर सडक र राष्ट्रसंघको वैठकमा आउनुपर्ने अवस्थाको सिर्जना हुनु नै गलत भएको भन्दै भनिन,‘यो सबै गलत हो, म यहाँ हुनुपर्ने नै होइन्, म त यतिवेला स्कुलमा हुनुपर्ने हो ।’ उनले अगाडी भनिन्, ‘तपाईहरुले मेरो सपना र मेरो वाल्यकाल निकै मिठो शब्दले लुटनु भएको छ ।’ उनले सन् २०३० भित्र उत्सर्जनलाई आधामा झार्ने योजना पर्याप्त नभएको समेत जिकिर गरिन् ।

उनले तत्काल कुनै कदम नचालिएमा भावी पुस्ताले निकै गम्भीर परिणाम भोग्नुपर्ने जिकिर गरिन् । ग्रेटा र उनको समूहले सोमबार नै संयुक्त राष्ट्रसंघमा पाँच मुलुकविरुद्ध मुद्धा समेत दायर गरेका छन् । उनीहरुले फ्रान्स, व्राजिल, जर्मनी, अजे«न्टिना र टर्कीले कार्बन उत्सर्जन गर्नका लागि पर्यात्त कदम नचालको भन्दै मुद्धा दायर गरेका हुन् । उनीहरुले राष्ट्रसंघको बालवालिक समितीमा मुद्धा दायर गरेका हुन् ।

सम्मेलनलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गदै जलवायु परिवर्तनको असर कम गर्न विश्वले पर्याप्त काम नगरेको बताएका छन् । उनले वैकल्पिक उर्जाको उत्पादनलाई भारतले बढाउने वताएका छन् । विश्वक नेताहरु यतिवेला जलवायु परिवर्तनको बारेमा छलफल गरिरहेका छन्, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने सो सम्मेलनमा गएका छैनन् ।

ताजा समाचार

सम्बन्धित समाचार