काठमाडौँ– श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ भाडामा सेवा दिने भएको छ।
एयरलाइन्सले सोमबार विज्ञप्ति जारी गर्दै असोज १२ गते घटस्थापनाको दिनबाट ८५ वर्ष पुगेका नागरिकलाई ५ सय र ७५ वर्ष पुगेका नागरीकलाई ५० प्रतिशत छुट दिने प्रतिवद्धता गरेको हो।
एयरलाइन्स्को उक्त सुविधा लिनको लागि यात्रा गर्ने जेष्ठ नागरिकले आफ्नो परिचय खुल्ने नागरिकता तथा आधिकारिक परिचयपत्र पेश गनुपर्ने छ भने लिइसकेको टिकट रद्द वा परिवर्तन गर्न पाइने छैन।
चेक इनका बेला सक्कल प्रमाणपत्र नभए अर्थात तोकिएको भन्दा कम उमेर पाइएमा उडान अनुमति नदिइने एयरलाइन्सले जनाएको छ ।





