काठमाडौँमा सञ्चालित होटेललाई करमा ६५ प्रतिशत छूट

काठमाडौँ– काठमाडौँ महानगरपालिका र काठमाडौँमा सञ्चालित होटेलहरूबीचको कर विवाद समाधान भएको छ।

होटेलले अघिल्लो आव २०७५/७६ मा तिरेको कर पर्यटन प्रवर्धनमा खर्च गर्ने र चालु आव २०७६/७७ को करमा ६५ प्रतिशत छूट दिन महानगरपालिका तयार भएपछि घरजग्गा र सम्पत्ति कर विवाद तत्कालका लागि समाधान भएको हो।

महानगरले राजस्व ऐन २०७५ मा उच्च सम्पत्ति कर लगाएको भन्दै होटेल व्यवसायीले विरोध गर्दै आएका थिए। चालु आवको कर असोज मसान्तसम्म तिरेमा थप १० प्रतिशत छूट दिने सहमति समेत भएको छ।

महानगरपालिकाले होटेलहरुसँग आव २०७५/७६ मा उठाएको करको ६५ प्रतिशत रकम संयुक्त कोषमा राख्ने छ।

ताजा समाचार

सम्बन्धित समाचार