चट्याङ लागेर पर्सामा एक युवकको मृत्यु

पर्सा– वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आइतबार बिहान एक युवकको मृत्यु भएको छ। वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ निवासी २५ वर्षीय माधव रामको मृत्यु भएको हो।

बिहान ४ः३० बजेको समयमा शौच गर्न घरबाट बाहिर गएका राम खेतमा बस्दै गएको बेला चट्याङ लागि गम्भीर घाइते भएको र उनलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिइको हो।

मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार