काठमाडौँ– काठमाडौँको रविभवनबाट सन्तोषी माताको मन्दिरतर्फ ओरालो सडक फराकिलो हुने भएको छ ।
जग्गाधनी सुरेशलाल श्रेष्ठ सडकका लागि जग्गा दिन सहमत भएपछि विवाद समाधान भएको हो । सडक फराकिलो बनाउने विषयमा विगत ७ बर्ष अघिदेखि विवाद थियो ।
आइतबार बिहान वडाध्यक्षसहित स्थानीय सरोकारवाला भेला भएर बिस्तार हुने सडकको जग्गामा चिनो लगाएका छन् ।
रविभवनबाट ज्ञानोदय स्कूलतर्फको यो शाखा सडकलाई कलंकी र बाफलतर्फ जान बैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिन्छ ।





