Monday, September 23, 2024

वातावरण जोगाउन आज कक्षा कोठा बहिष्कार गरेर सडकमा प्रर्दशन

काठमाडौँ– जलवायु परिवर्तनका कारण उत्पन्न भएको वातावरणीय संकटका बारेमा सरकार र सरोकारवाला निकायहरूको ध्यानाकर्षण गर्ने उदेश्यले विश्वभर शुक्रवार प्रर्दशन भईरहेको छ। विश्वका १ सय ५० देशहरू यो अभियानमा सहभागी हुने निश्चित भईसकेको छ।

काठमाडौँको नयाँ बानेश्वरमा पनि अपरान्ह २ वजे वातावरण जोगाउन माग गदै प्रर्दशन हुँदैछ। विश्वका लाखौ बालबालिकहरू आज वातावरण जोगाउन माग गदै सडकमा आउँदैछन्, आज उनीहरू विद्यालय जाने छैनन्। संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलनको ३ दिन अगाडि सो प्रर्दशन हुन लागेको हो । संसारभरी भईरहेको यो प्रर्दशन विशेषत बालबालिकाहरूको पहलमा भएको हो। जलवायु परिवर्तनका कारण गम्भीर वातावरणीय समस्याहरू उत्पन्न भएपनि त्यसका लागि गम्भीर कदम नलिइएको भन्दै यस खाले प्रर्दशनको शुरुवात गरिएको हो।

उनीहरूले पेट्रोल, डिजेल र कोइलाको प्रयोग नगर्न आग्रह गदै सबैलाई न्याय दिन आग्रह गर्नेछन्। अष्ट्रेलियमा मात्र १ लाख ५० हजार भन्दा बढी बालवालिक सडकमा आउने आयोजकहरूले बताएका छन्। विश्वभरका वालवालिकाहरू शुक्रबार आफ्नो कक्षा नै छोडेर भविश्यका लागि सडकमा आईरहेका छन् जसलाई ‘फ्राइडे फर फ्युचर’ नारा दिइएको छ। उनीहरूको अभियानमा लाखौ पौढहरूले समेत साथ दिएका छन्।

यसको शुरुवात १४ बर्षिय वालिक ग्रेटा थनवर्गले शुरु गरेकी थिइन् जसलाई संसारभरका बालबालिकाले अहिले साथ दिएका छन्। उनी न्यूयोर्कमा हुने प्रर्दशनमा सहभागी हुने छिन्। वेलायतको समाचार संस्था बीबीसीले यतिबेला संसाभर भईरहेको प्रर्दशनको लाइभ कभरेज गरिरहेको छ। आगामी हप्ता सो प्रर्दशन झनै ठूलो हुने आयोजकले जानकारी दिएका छन्। बालबालिकाले शुरु गरेको सो अभियानलाई अन्य व्यापारीक गृहहरूले समेत समर्थन गरिरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार