दुई महिनामा डेंगुबाट ६ को मृत्यु , सात हजार बढी संक्रमित

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुबाट ६ जनाको मृत्यु भएको र ६७ जिल्लाका ७ हजार ३ सय ७० जना संक्रमित भएको जनाएको छ।

गत साउन १ गतदेखि असोज १ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै महाशाखाले काठमाडौँमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १–१ जना गरी ६ जनाको मृत्यु भएको जनाएको हो।

असोज १ गतेसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ९ सय ५६ जना, प्रदेश २ मा ६२ जना, प्रदेश ३ मा ३ हजार ९ सय २९ जना, गण्डकी प्रदेशमा १ हजार ९ सय ६४ जना, प्रदेश ५ मा ३ सय ९६ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा ५२ जना गरी मुलुकभर ७ हजार ३ सय ७० जना संक्रमित भएका हुन्।

कुन प्रदेशमा कति?
प्रदेश १ को झापामा ३ सय ९७ जना, मोरङमा ६२ जना, सुनसरीमा ३ सय ८२ जना, भोजपुरमा ४ जान, उदयपुरमा ६४ जना, धनकुटामा ६ जना, इलाममा ५ जना, तेह्रभथुममा ३ जना, ओखलढुंगामा २ जना, ताप्लेजुंगमा २ जना, संखुवासभामा ३ जना, पाँचथरमा २६ जना गरी ९ सय ५६ जना डेंगुबाट प्रभावित भएका छन्।

त्यस्तै प्रदेश २ को सप्तरीमा ७ जना, सिरहा २ जना, धनुषामा २ जना, महोत्तरीमा ३ जना, सर्लाहीमा ११ जना, बारामा १७ जना, पर्सामा १२ जना, रौतहटमा ७ जान गरी ६२ जनामा डेंगको संक्रमण देखिएको छ ।

महाशाखाको तथ्यांक अनुसार काठमाडौँमा सबै भन्दा बढी मानिसमा संक्रमण देखिएको छ। काठमाडौँमा एक हजार तीन सय ३१ जना डेंगुबाट प्रभावित छन्।

त्यस्तै काभ्रेपलाञ्चोकमा १४ जना , ललितपुरमा २ सय ३१ जना, भक्तपुरमा २ सय ४६ जना, धादिङमा ४७ जना, मकवानपुुरमा ७ सय ८३ जना, चितवनमा १ हजार २ सय ३७ जना, नुवाकोटमा १३ जना, रसुवाका १ जना, सिन्धुलीमाा ७ जना, रामेछापमा १० जना, रामेछापमा १० जना, सिन्धुपाल्चोकमा ३ जना, दोलखामा ६ जनामा डेंगु देखिएको छ।

गण्डकी प्रदेशको गोरखामा २१ जना, स्याङजामा ४९ जना, कास्कीमा १ हजार ६ सय ७७ जना , बाग्लुङमा १३ जना, तनहुँमा ८२ जना, पर्वतमा १७ जना, लमजुङमा ११ जना, मनाङमा १ जना, म्याग्दीमा ५ जना, नवलपरासी पूर्वमा ७८ जना गरी १ हजार ९ सय ६४ जनामा संक्रमण भएको छ।

त्यसैगरी प्रदेश नं ५ को रुपन्देहीमा २ सय १३ जना, कपिलवस्तुमा १९ जना, पाल्पामा ९ जना, नवलपरासी पश्चिममा ७६ जना, दाङमा १२ जना, बाँकेमा १४ जना, गुल्मीमा ९ जना, अर्घाखाँचीमा ८ जना, रोल्पामा २ जना, प्यूठानमा ७ जना, बर्दियामा ९ जना गरी ३ सय ९६ संक्रमित भएको महाशाखाले जनाएको छ।

कर्णाली प्रदेशको कालिकोटमा १ जना, सर्खेतमा ६ जना, सल्यानमा १ जना, दैलेखमा २ जना, रुकुम पश्चिमा १ जना गरी ११ जना संक्रमित भएका छन्।

सुदूरपश्चिम प्रदेशको डोटीमा २ जना, बैतडीमा २ जना, बझांगमा १ जना, कैलालीमा २१ जना, दार्चुलामा ११ जना, अछाममा ३ जना, कञ्चनपुरमा ८ जना गरी ५२ जनामा संक्रमण देखिएको महाशाखाको तथ्यांकमा उल्लेख छ।

कुन वर्ष कति ?
विगत ५ वर्षको तथ्यांक हेर्दा प्रत्येक वर्ष डेंगुको संक्रमण बढ्दै गएको छ। आर्थिक वर्ष २०७०/०७१ प्रदेश नं १ मा ८, प्रदेश नं २ मा १ सय १४ प्रदेश नं ३ मा १ सय ४१, प्रदेश नं ५ मा १३, र सुदूरपश्चिम प्रदेशमा २६ जना गरी ३ सय २ जना डेंगुबाट संक्रमित भएका थिए।

त्यस्तै आर्थिक वर्ष ०७१/७२ मा प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १७, प्रदेश नं ३ मा ७५, गण्डकी प्रदेश्मा ८, प्रदेश नं ५ मा २४, र सुदूरपश्चिम प्रदेशमा ५ मा १ सय ३४ जना डेंगुको संक्रमिण देखिएको थियो।

आर्थिक वर्ष ०७२/०७३ प्रदेश नं १ मा ४ सय १८, प्रदेश नं २ मा ४३, प्रदेश नं ३ मा ७ सय ८१, गण्डकी प्रदेशमा ३, प्रदेश नं ५ मा २ सय ४२, कर्णाली प्रदेशमा २३, र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी एक हजार पाँचसय २७ जनामा डेंगु देखिएको महशाखाको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी, आर्थिक वर्ष ०७३/०७४ प्रदेश नं १ मा ५ सय ४३, प्रदेश नं २ मा ६ सय ९, प्रदेश नं ३ मा ९५, गण्डकी प्रदेशमा २४, प्रदेश नं ५ मा ८ सय ३६, कर्णाली प्रदेशमा ३, सुदूरपश्चिम प्रदेशमा १ गरी २ हजार १ सय ११ जनामा डेंगुको संक्रमण देखिएको थियो।

महशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/०७५ प्रदेश नं १ मा १९, प्रदेश नं २ मा १२, प्रदेश नं ३ मा ६४, गण्डकी प्रदेशमा ५ सय ६८, प्रदेश नं ५ मा १ सय २०, कर्णाली प्रदेशमा १, सुदूरपश्चिम प्रदेशमा २७ गरी ८ सय ११ जना संक्रमित भएका थिए।

आर्थिक वर्ष ०७५/०७६ प्रदेश नं १ मा ३ हजार १ सय ५२, प्रदेश नं २ मा १२, प्रदेश नं ३ मा १ सय २५, गण्डकी प्रदेशमा २६, प्रदेश नं ५ मा ९६, कर्णाली प्रदेशमा १, सुदूरपश्चिम प्रदेशमा १२ जना गरी ३ हजार ४ सय २४ जनामा डेंगुको संक्रमण देखिएको थियो।

के हो डेंगु?
डेंगु एक भाइरसद्वारा लाग्ने संक्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ। विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन्। डेंगु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेकोमा यी सबै नेपालमा पाइन्छन, जसलाई डेङ्गु भाइरस १,२,३,४ भनिन्छ । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरू हुन्छन्। त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ।

यो लामखुट्टेको विशेषता अरु लामखुट्टेभन्दा फरक प्रकृतिको छ। यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ। पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ। आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब ३ सयवटा अण्डा पार्दछ।

लक्षणहरू
दुईदेखि सात दिनसम्म उच्च ज्वरो आउने
निरन्तर टाउको दुख्ने
निरन्तर वान्ता हुने
मांसपेशी र हाडका जोर्नीहरू दुख्ने
छाला रातो हुने र बिबिराहरू देखा पर्ने
कलेजोको आकार बढ्ने
अल्छी लाग्ने
आँखको भित्री भागमा दुखाई
पेट गडबढी
कान र नाकबाट रगत समेत आउन सक्छ

कसरी बच्ने ?
हात र खुट्टा पुरै ढाक्ने खालको कपडा लगाउने
लामखुट्टे मार्ने स्प्रे र धुपहरूको प्रयोग गर्ने
भाँडामा सफा पानी लामो समयम्म जम्मा नगर्ने
आफ्नो घर वरपरको वातावरणलाई सकेसम्म सुख्खा राख्ने
डेंगुको संक्रमण हुने बित्तिकै अस्पतालमा भर्ना नै हुनुपर्छ भन्ने छैन। तर, डाक्टरको निगरानीमा बस्ने आराम गर्ने र पर्याप्त मात्रामा झोल पदार्थहरू खाने गर्नुपर्छ

ताजा समाचार

सम्बन्धित समाचार