काठमाडौँ– देशका मध्य र पश्चिमका धेरै स्थानहरूमा तथा पूर्वका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखामा अनुसार मध्य र पश्चिमि भूभागका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहिरो जान सक्ने तथा नदिहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्क रहन आग्रह गरेको छ ।
आगामी तीन दिन (बिहिबार, शुक्रबार र शनिबार) देशभरी आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरूमा र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।





