कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनयता लगातार परेको पानीका कारण ठूलो क्षति पुगेको छ । गाउँपालिकाअन्तर्गत वडा नं १ को भारतीथर, २ को डाँडागाउँ, ३ कोे पाउँदुर, ६ को लुम्लेका साथै वडा नं १०, ११ लगायतका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति बनाएको जनाइएको छ ।
लगातारको बाढीका कारण फूल खेल्दै गरेको धानमा समेत ठूलो नोक्सान पु¥याएको र गाउँपालिका क्षेत्रभित्रका झण्डै २०० भन्दा बढी घरमा क्षति पुगेपछि कतिपय स्थानीयवासी घर नै छाड्न बाध्य भएको बताइएको छ । घरहरूमा दुई करोडभन्दा बढीको भौतिक क्षति भएको छ ।
वर्षात्को समयमा पानी नपरेका कारण अधिकांश खेत बाँझिएका अवस्थामा आएको बेमौसमी पानीले फुल्दै गरेको धानमा क्षति पु¥याएपछि कृषक थप चिन्तित बनेका छन् ।





